+
+
Shares

देउवाले भनेः गभर्नरमा कुरा मिलिसक्यो

बिहीबार बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १८:२१

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् ।

बिहीबार बिहान कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए ।

जवाफम सभापति देउवाले गभर्नरको कुरा मिलिसकेको बताएका थिए । ‘यसमा कुरा मिलिसक्यो, मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेँ भनेर सभापतिले जानकारी दिनुभयो’, बैठकका सहभागी एक नेताले भने ।

ती नेताका अनुसार सभापति देउवाले गभर्नरको अडानबाट एमाले पछाडि हटेको सन्देश दिएका थिए । ‘एमालेसँग कुरा मिलिसक्यो । गभर्नरको अडानबाट एमाले पछाडि हटिसक्यो भन्नुभएको छ,’ ती नेताले भने ।

उच्च स्रोतका अनुसार गत सोमबारको एमाले सचिवालय बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरमा अडान छोड्ने संकेत दिएका थिए । ‘कांग्रेसले अडान छोडेन, यसैकारण सत्ता सहयात्रा टुंग्याउने कुरा हुन्न’ प्रधानमन्त्री ओलीले एमाले सचिवालय बैठकमा भनेका थिए ।

कांग्रेस र एमालेले अडान नछोड्दा गभर्नर नियुक्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?