+
+
Shares

रास्वपा महाधिवेशन फागुनमा सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १८:२५

४ वैशाख, काठमाडौं । रास्वपाले फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको छ ।

पार्टी मुख्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै रास्वपाले यस्तो निर्णय लिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार उक्त महाधिवेशन चितवनमा हुनेछ । रास्वपाले प्रदेश इन्चार्जहरु पनि तोकेको छ ।

त्यस्तै, २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने रास्वपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?