
४ वैशाख, काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठकमा आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएकोबारे सुमना श्रेष्ठले जानकारी गराएकी छिन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफूले दिएको राजीनामाबारे जानकारी गराएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले सभापति रवि लामिछानेलाई सहमहामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएकी छिन् ।
यसबारे आवश्यक छलफल गरेर प्रक्रियागत रुपमा अगाडि बढाइने कुरा कार्यवाहक सभापति डीपी अर्यालले बैठकमा बताएको झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4