+
+
Shares

लेदोसहितको पहिरोले अवरुद्ध अरनिको राजमार्ग सुचारु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते २०:२४

४ वैशाख, काभ्रेपलाञ्चोक । अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग सुचारु भएको छ ।

साँझ ८ बजेबाट पूर्ण रुपमा राजमार्ग सुचारु भएको छ ।

पाँचखाल नगरपालिका–८ स्थित ५० किलो , ५१ किलो, ५२ र ५३ किलोमा लेदो सहितको पहिरो आएर अवरुद्ध भएको सडक सुचारु भएको पाँचखाल नगरपालिका वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले जानकारी दिए ।

‘माथिबाट आएको लेदोसहितको पहिरोका कारण चार ठाउँमा अवरुद्ध भएको थियो, सडक विभाग र नगरको जेसीबी प्रयोग गरी सडक खुलाएका छौं,’ अध्यक्ष तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?