४ बैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा दी हिमालयन जाभा बास्केटबल लिग हुने भएको छ ।
लिग आयोजनामा लागि बिहीबार नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच एमओयु सम्झौता भएको छ ।
सम्झौतामा नेबा अध्यक्ष भिमसिंह गुरुङ र हिमालयन जाभाका आनन्द गुरुङले हस्ताक्षर गरे ।
यस प्रतियोगितामा ए डिभिजन बास्केटबल लिगका ६ टोलीको सहभागिता हुने नेबा अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए ।
‘एम महिनाभित्र प्रतियोगिता गर्ने गरी हिमालयन जाभासँग एमओयु भएको छ ।’ अध्यक्ष गुरुङले भने । ‘यो समयमा पूर्वाधार देखि टिम अफसियलहरु को तयारी गर्नेछौँ ।’
होम एण्ड अवेका आधारमा हुने यस बास्केटबल लिग विकेण्डमा मात्र खेलाइनेछ ।
‘यो लिग विकेन्डमा शनिवार र आइतबार माध हुनेछ भने होम एण्ड अवेमा खेलाइनेछ ।’ उनले भने ।
नेपालमा अहिले करिब १० को हाराहारीमा ए डिभिजन बास्केटबल क्लब रहेको र त्यसमध्ये ६ टोलीले मात्र खेल्ने गुरुङले बताए ।
उनले फस्ट कम फस्ट को आधारमा टिमलाई सहभागि गराउने बताए ।
प्रतिक्रिया 4