४ बैशाख, काठमाडौं । ए डिभिजन क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनिएको लिगकम नकआउट रतियोगिता नखेल्ने भएका छन् ।
ए डिभिजनका ९ क्लबका प्रतिनिधिहरुको बिहीबार भएको बैठकले एन्फाले आयोजना गर्न लागेको लिगकम नकआउट फुटबल प्रतियोगिता नखेल्ने निर्णय गरेको हो ।
प्रतियोगिताको लागि छोटो समयमको तयारी र प्रकएया नै नपुग्ने गरी प्रतियोगिता गर्न लागेको भन्दै नखेल्ने निर्णय गरेको बैठकमा उपस्थित एक क्लबका प्रतिनिधिले बताए ।
बैठकमा विभागीय टोलीको उपस्थिती थिएन । यस्तै सातदोबाटो र खुमलटारको प्रतिनिध बैठकमा उपस्थित थिएनन् तर उनीहरुले पनि नखेल्ने निर्णयमा सहमति जनाएको बैठकमा उपस्थित क्लबका प्रतिनिधिले जानकारी दिए ।
एन्फाले शीर्ष डिभिजनका सबै १४ क्लब समावेश गरेर यही बैशाख २० गतेदेखि लिगकम नकआउट प्रतियोगिता गर्ने निर्णय गरेको थियो । त्यसमा ए डिभिजनका क्लबहरु सहभागि भएको र उनीहरुकै सहमतिमा प्रतियोगिता गर्न लागेको एन्फाले जनाएको थियो ।
तर एक साता पछि नै क्लबहरुले प्रतियोगिता नखेल्ने निर्णयमा पुग्दा प्रतियोगिता नै अन्योल हुने स्थिती देखिएको छ ।
शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन नसक्दा एन्फाले लिगकम नकआउट फुटबल प्रतियोगिता गरेर यसको विजेतालाई एएफसीको क्लब प्रतियोगितामा पठाउने जनाएको थियो ।
तर क्लबहरुले भने प्रतियोगिताको लागि तयारीको समय थोरै हुने, धेरै प्रकिया नपुग्ने र लिग भन्दा खर्चिलो हुने भन्दै नखेल्ने निर्णयमा पुगेको बैठकमा सहभागि सदस्यले बताए ।
प्रतिक्रिया 4