+

कुकिवन कप तेक्वान्दो सुरु

२०८२ वैशाख  ४ गते २२:५९ २०८२ वैशाख ४ गते २२:५९
कुकिवन कप तेक्वान्दो सुरु

४ बैशाख, काठमाडौं । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको संयुक्त आयोजनामा कुकिवन कप तेक्वान्दो प्रतियोगिता बिहीबार सुरु भएको छ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा तीन दिन हुने प्रतियोगिता वैशाख ६ सम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल भर सञ्चालित तेक्वान्दो डोजाङ तथा विभागीय तेक्वान्दो टिमहरुबाट ७०० खेलाडी सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ब्रेकिङ, पुम्से, टिम फाइट तथा तेक्वान्दो एरोबिक्स जस्ता निकै नै रोमाञ्चक खेल विधाहरुमा कुकिवनको नियम बमोजिम प्रतिस्पर्धा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क तेई योङले बिहीबार संयुक्त उद्घाटन गरेका थिए ।

मन्त्री चौधरीले देशको नाम उचो राख्न तेक्वान्दोले योगदान पुर्‍याइरहेको भन्दै प्रतियोगिता आयोजनाले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।

 

कुकिवन कप तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय