+
+
Shares

रास्वपा कोशी प्रदेशका निवर्तमान इन्चार्ज सम्पूर्ण जिम्मेवारीबाट अलग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ६:४४

५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निवर्तमान इन्चार्ज एवं संगठन विभाग सदस्य ओमनाथ भण्डारी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् ।

आफूलाई सोध्दै नसोधी प्रदेश इन्चार्जबाट हटाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै भण्डारीले आफू सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । ‘मसँग सामान्य सरसल्लाह पनि नगरी पार्टीका अर्का साथीलाई आजको केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्ज तोकेकोमा म दु:खी छु’, उनले पत्रमा उल्लेख गरेका छन्, ‘यदि, म सँग सल्लाह मात्र गरिएको भए पनि म सहर्ष स्वीकार गर्ने थिएँ, । बरु उहाँको प्रस्तावक पनि बनिदिने थिएँ ।’

कार्यवाहक सभापति डीपी अर्याललाई राजीनामा पत्र पठाउँदै भण्डारीले अब आफू साधारण सदस्य मात्रै रहने उल्लेख गरेका छन् । ‘आज कै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु’, उनले पत्रमा उल्लेख गरेका छन् ।

उनले पार्टीले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाउँदै यसरी बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सिर्जना भएको बताएका छन् .

रास्वपाले बिहीबार मात्रै सातै प्रदेशमा नयाँ ईन्जार्ज तोकेको थियो । जसअनुसार कोशीमा ईन्चार्जको जिम्मेवारी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारले पाएका छन् ।

रास्वपामा अहले एक पद नीतिले हलचल ल्याएको छ । बिहीबार मात्रै सांसद सुमना श्रेष्ठले पनि सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?