+

आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै

२०८२ वैशाख  ५ गते ८:११ २०८२ वैशाख ५ गते ८:११
आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै

५ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार एक खेल मात्र हुँदैछ ।

आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुँदै छन् । खेल बेलुकी पौने ८ बजेदेखि बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

बेंगलुरु र पञ्जाब दुवै टोलीले यस सिजन हालसम्म समान ६ खेल खेल्दा समान ४ जित र २ हारसहित ८ अंक जोडेका छन् । नेट रनरेटको मात्र अन्तर रहँदा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन् ।

बेंगलुरुले दुवै हार घरेलु मैदानमा नै बेहोरेको छ । घरेलु मैदानमा यस सिजन जित निकाल्न नसकेको बेंगलुरुका लागि हारको ह्‍याट्रिक टार्ने दबाब हुनेछ । दुवै टोलीले आ-आफ्ना पछिल्ला खेल जितेर आएका छन् ।

आजको खेल जित्ने टोलीलाई शिर्षस्थानमा पुग्ने अवसर पनि छ । शीर्षमा रहेको दिल्लीको ६ खेलमा १० अंक छ । आजको खेल जित्ने टोली नेटरनरेटमा दिल्लीलाई पछि पार्दै शीर्षमा उक्लिन सक्छ । पञ्जाबलाई भने केही ठुलै अन्तरको जित आवश्यक हुनेछ ।

सुरुवातदेखि नै आईपीएल खेल्दै आएका र उपाधिविहीन रहेका यी दुवै टिम यसपटक लयमा देखिएका छन् । हालको अवस्थामा अंकतालिकामा रहेका शीर्ष ५ टोलीमध्ये ४ टोली उपाधि जित्न बाँकी टिम छन् भने  सर्वाधिक उपाधि जितेका टिमहरू बटम हाफमा रहँदा यसपटक नयाँ टोलीका लागि उपाधि जित्ने अवसर बन्न सक्ने देखिएको छ ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय