+
+
Shares

डोटीमा सिकार खेल्ने क्रममा गोली लागेर युवकको मृत्यु, १० जना पक्राउ

सँगै सिकार खेल्न गएका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किंदा २४ वर्षीय सार्कीको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ८:५१

५ वैशाख, धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।

बडिकेदार गाउँपालिका-१ को बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर गोली लाग्दा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोटीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विनोद शर्माले बडिकेदार गाउँपालिका-१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किंदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताए ।

दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-१ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बोक्ने ४८ वर्षीय कमलसिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारासिंह खड्का रहेका छन् ।

यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम, ३७ वर्षका गणेशबहादुर घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय  जुलेश नामजाली मगर रहेको एसपी शर्माले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?