+
+
Shares

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सान्भी इनर्जीको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ८:५४

५ वैशाख, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आजदेखि सान्भी इनर्जीको आईपीओ खुलेको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । याे बाँडफाँटपछि मात्रै सर्वसाधारणका लागि खुल्नेछ ।

आयोजना प्रभावित स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म तथा सो अवधिसम्म पूरा बिक्री नभएमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ । न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । इलामस्थित नबिल बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकका शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

कस्तो छ कम्पनी ?

यस कम्पनीले इलामको सूर्योदय नगरपालिकामा जोगमई खोलामा ७.६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । जसको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाएको छ । यसको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ । केयर रेटिङ्सबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जुन रेटिङले औसत जोखिमलाई जनाउँछ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?