+
+
Shares

मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते

सर्लाहीको बागमती गाउँपालिका-७ की १३ वर्षीया मानुषी मगर र दुर्गा भवानी गाउँपालिका-५ की ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ९:१५

५ वैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार सर्लाहीको बागमती नगरपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी  सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?