+
+
Shares

काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १०:४९
घाइते बालबालिकालाई उद्धार गरी अस्पताल पठाइँदै ।

५ वैशाख, काभ्रे । रोशी गाउँपालिका-१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् ।

बिहीबार दिउँसो लागेको आगलागी परेर रेग्मीकी ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।

बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा घरमा आगलागी भएको थियो ।

घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?