+
+
Shares

निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १२:१०

५ वैशाख, काठमाडौं । निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु भएको छ ।

संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो ।

नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो ।

उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाएको हो ।

संसदीय समितिमा विधेयकमाथी छलफल चल्दा बाहिर निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले धर्ना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?