
काठमाडौं । यसवर्षका उत्कृष्ट १० ‘नेसनल कस्ट्युम’ सार्वजनिक भएका छन् । यसैसाता ‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरले आयोजना गरेको ‘डिजाइनर अफ द इयर’मा यी पोशाक सार्वजनिक गरिए ।
जसमध्ये सविना र शिरिषाको सहकार्य रहेको डिजाइनिङ एजेन्सी ‘एस एण्ड एस’ सर्वोत्कृष्ट बन्यो । विजेता घोषित यी दुई फेसनका विद्यार्थीले सन् २०२५ मा मिस नेपाल वल्र्डको कस्ट्युम डिजाइनको मौका पाएका छन् ।
सविना र शिरिषाले हिमालय रानीको थिममा कस्ट्युम तयार पारेका थिए, जहाँ लालीगुराँस र डाँफेलाई चित्रण गरिएको छ । फुङ्देन हाङ लिम्बुले लिम्बु समुदायकी भगवान मानिने युमा सुमाङबाट प्रभावित कस्ट्युम बनाए ।
स्यारोन एड साहिलले पग्लिएको याक एण्ड यतिको पोशाक बनाए । मिका महतोले हिमालयमा जलवायु परिवर्तनको प्रभाव दर्शाउने पोशाक सिर्जना गरिन् । मुना श्रेष्ठले वीर गोर्खालीको थिममा नेसनल कस्ट्युम तयार पारिन् ।
लिसा चक्रवर्तीले कालभैरवको थिममा पोशाक तयार पारिन् । ‘द पोखरेलिज्ले फेवातालको पानी थिममा कस्ट्युम तयार पारे । सामुएल एकोनथान्सीले मञ्जुश्रीले काठमाडौं उपत्यका सिर्जना गरेको कथामा पोशाक बनाए ।
कृपा श्रेष्ठले तलेजु भवानीको थिममा पोशाक तयार पारिन् । सुस्मा श्रेष्ठले बुद्धले तपस्या गरेको रुख ‘द बोधी ट्री’बारे पोशाक बनाइन् ।
प्रतिक्रिया 4