+
+
Shares

३ दिनभित्रै निजामती विधेयक संसदीय समितिबाट पास गर्ने सत्तारुढको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १३:२७

५ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदीय समितिबाट ३ दिनभित्रै निजामती विधेयक पास गर्ने तयारी गरेका छन् । यसका लागि दुवै दलले माओवादी केन्द्रलाई मनाउने प्रयास गरेका छन् ।

‘संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ थियो । तैपनि अगाडि बढ्छ भने बढोस् भनेर हामीले सहमति जनायौं,’ एमाले सांसद रघुजी पन्तले भने, ‘फरक मत लिखित रुपमा राखेनौँ । यो कुरा म विपक्षी दललाई स्मरण गराउन चाहन्छु ।’

अर्थात् एमाले साम्सद पन्तले माओवादी केन्द्र लगायत विपक्षीलाई फरक मत लिखित रुपमा नराख्न आग्रह गरे ।

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले पनि कतिपय अवस्थामा आफुलाई लागेकै जस्तो हुन नसक्ने ख्याल गर्न आग्रह गरे । ‘कतिपय विषयमा व्यक्तिको बुझाइ अनुसार पनि नभएको हुन सक्छ । सबै सहमत हुने वातावरण बनाऔं,’ बडुले भने ।

विधेयक धेरै लम्ब्याउन नहुने उनको भनाइ थियो ।

‘धेरै कुरा क्लिएर भएका छन् । अब एक राउन्ड छलफल गरौं । दुई दिन, तीन दिन भन्दा बढी नलगाऔं,’ उनले भने ।

यो विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफलमा छ । साम्सद बडुले सहमतिका नाममा विधेयक धेरै लम्ब्याउन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?