+
+
Shares
फिल्म :

‘पिताम्बर’ हेर्न काठमाडौं र पोखराका हल हलमा प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १३:२७

काठमाडौं । सँधै ड्युटीमा खटिने प्रहरी यसपटक भने दर्शक बनेर फिल्म हलभित्र छिरे । पोशाकसहित हल पुगेका उनीहरूले फिल्म ‘पिताम्बर’ हेरे । यसैसाता पोखरा र काठमाडौंमा प्रहरीको समूहले बेग्लाबेग्लै हलमा फिल्म हेरेका थिए ।

पोखराको मिडटाउन ग्यालरीस्थित हलमा १५ जना प्रहरीले फिल्म हेरे । २ इन्सपेक्टरसहितका प्रहरी जवानले प्रदीप खड्का स्टारर फिल्म हेरे । निर्माण स्रोतका अनुसार फिल्मलाई उनीहरूले रुचाएका थिए ।

प्रहरीले कथासहित एक्सनलाई रुचाइएको जनाइएको छ । अन्य प्रहरीले भने काठमाडौंका हलमा यसैसाता कृषा चौलागाईं स्टारर फिल्म हेर्न पुगे । काठमाडौंको राइजिङ मलस्थित क्यूएफएक्सको हलमा ५, छायाँमा ५, सिभिल मलमा २५ जना र बिग मूभिजमा १० जना प्रहरीले फिल्म हेरे ।

कामको दबाबबाट मुक्त भएर रिफ्रेस हुन प्रहरीले फिल्म हेरेको फिल्मको निर्माण स्रोतले जनाएको छ । यो फिल्म अहिले देशब्यापी हलमा प्रदर्शन भैरहेको छ ।

प्रदीप खड्कासहित फिल्मको टोली प्रचारको लागि अहिले सुदुरपश्चिम पुगेको छ । धनगढीमा प्रवर्धन सकेपछि नेपालगञ्ज पुगेर प्रचारप्रसारमा जुटेको जनाइएको छ ।

स्थानीय बागेश्वरी र सिने रोयलमा पुगेर कलाकारले दर्शकसँग साक्षात्कार गर्ने जनाइएको छ । प्रदीपसहित कलाकार अनुपविक्रम शाही, दिब्यदेव पन्त, निर्माता विशाल चौलागाईं र निर्देशक कृषा पनि नेपालगञ्जमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?