+
+
Shares

बिस्काः जात्राको अन्तिम दिन यसरी ढालियो हात नभएको लिङ्गो (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १४:१०

५ वैशाख, काठमाडौं । भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो ।

ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।

लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।

यो जात्रा सम्पन्न भइसकेपछि साँझ गःहिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा रहेको स्थानीयहरुको भनाइ छ ।

रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?