+
+
Shares

अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १४:४०

काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् ।

कानूनी विवाहपछि अनलाइनखबरसँग कुरा गर्दै नीतिले आफूले तामझामबिनै विवाह गर्ने पहिल्यैदेखिको योजना रहेको बताइन् । ‘लो-कीमा कुनै तामझामबिना विवाह गर्ने योजना थियो’ उनले भनिन् ।

न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी हुन् ।

राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो । उनी अभिनित आगामी फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?