+
+
Shares

कांग्रेस महामन्त्री शर्माले दिए फिल्म ‘बिगुल’मा संगीत

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १६:११
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा (दायाँ) शुक्रबार अनामनगरस्थित राजेशपायल राईको स्टुडियोमा ।

काठमाडौं । समसामयिक सामाजिक र राजनीतिक कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘बिगुल’को एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत दिएका छन् ।

रमेश कोइरालाको निर्देशनमा बन्ने फिल्मको ‘आऊ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । चर्चित गायक राजेशपायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका हुन् ।

‘महामन्त्री शर्माले निकै सान्दर्भिक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने विश्वप्रकाश दाईको शब्द, संगीतप्रति नतमस्तक छु ।’

उनले ‘बिगुल’ले आमदर्शकमा मनोरञ्जनसहित राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए । म्याग्नेलिया गु्रप प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।

यो फिल्मलाई चितवनमा खिचिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?