६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज दिउँसो र राति गरेर दुई खेल हुनेछन् ।
पहिलो खेलमा दिउँसो गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सुरु हुनेछ ।
यी दुई टिम अंकतालिकामा शीर्ष चारमा रहेका छन् । शीर्षस्थानमा रहेको दिल्लीले ६ खेलमा ५ खेल जितेको छ भने गुजरातले ६ खेलमा ४ खेल जितेको छ र तेस्रो स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा बेलुका राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन् । खेल बेलुकी पौने ८ बजेदेखि जयपुरको सवाइ मानसिंह स्टेडियममा सुरु हुनेछ ।
राजस्थानले हालसम्म ७ खेलमा २ जित मात्र निकालेको छ भने लखनउले ७ खेलमा ४ जित निकालेको छ । आज पराजित भएमा राजस्थानको प्लेअफ सम्भावना विस्तारै कठिन बन्दै जानेछ ।
प्रतिक्रिया 4