+
+
Shares

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत १ सयदेखि २ सय रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकले १ दिनका लागि २ सय एमबी बोनस डेटा प्राप्त गर्दछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १७:४०

५ वैशाख, काठमाडौं । एनसेलका ग्राहकले एनसेल एपमार्फत १ सय रुपैयाँ वा त्यसभन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् ।

एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यसाथ थुप्रै उपयोगी सुविधा सहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।

एनसेल एपमार्फत १ सयदेखि २ सय रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकले १ दिनका लागि २ सय एमबी बोनस डेटा प्राप्त गर्दछन् । यस्तै २ सय रुपैयाँ वा त्यसभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनका लागि मान्य रहने ५ सय एमबी बोनस डेटा पाउनेछन् । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागु हुँदैन ।

यो बोनस अफरले ग्राहकलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधा उपयोग गरी त्यसको फाइदा लिन सक्छन् ।

ग्राहकमैत्री यो एपले प्रयोगकर्तालाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलका रूपमा स्थापित भएको छ ।

एनसेल एप ग्राहकहरूको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यसाथ थुप्रै उपयोगी सुविधा सहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।

एनसेल एपमार्फत प्रयोगकर्ताले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याक, सधैं अन रिनुअल प्याक लिन, अनलाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् ।

साथै, ग्राहकले प्याकहरू उपहारका रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधा उपयोग गर्न सक्छन् ।

अन्य उपलब्ध सुविधामा अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचार उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवा समावेश छन् ।

विभिन्न उद्देश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवासाथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ ।

एनसेलका ग्राहकले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाको लाभ लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?