+
+
Shares

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

रासस रासस
२०८२ वैशाख ५ गते १८:१९

५ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन् ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री डा. राणाले सो अवसरमा बताएकी थिइन् ।

पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने बताइन् ।

यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?