+
+
Shares

९ महिनामा काठमाडौं महानगरले तिरायो २ करोड ४७ लाख जरिबाना

महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना शीर्षकमा २ करोड ४७ लाख २० हजार बराबर राजस्व संकलन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १८:२२

५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा साढे २ करोड रुपैयाँ बराबर जरिबाना गरेको छ ।

महानगरपालिका राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार चैत मसान्तसम्म महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना शीर्षकमा २ करोड ४७ लाख २० हजार बराबर राजस्व संकलन गरेको हो । जुन गत वर्षको तुलनामा १९ प्रतिशत बढी हो ।

गत आव चैत मसान्तसम्म महानगरले २ करोड ७ लाख ७२ हजार रुपैयाँ उठाएको थियो ।

काठमाडौं महानगरले सभा, सम्मेलन, आन्दोलन गर्दा फोहोर गर्ने राजनीतिक दल, संस्थालाई कारबाही गर्दै आएको छ । यस्तै जथाभावी पोस्टर टाँस्ने, होर्डिङ बोर्ड राख्ने, फोहोर फाल्ने, अनुमतिविना सडक खन्ने, खुला ठाउँमा आगो बाल्ने जस्ता विभिन्न शीर्षकमा कारबाही गर्दैै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?