+
+
Shares

सुदूरपश्चिम सरकारले गठन गर्‍यो लागुऔषध नियन्त्रण सुपरीवेक्षण तथा पर्यटन समिति

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव संयोजक रहनेगरि लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समिति गठन गरेका प्रदेश सरकारले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १९:००

५ वैशाख, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले लागुऔषध नियन्त्रण सुपरीवेक्षण र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव संयोजक रहनेगरी लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति र सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समिति गठन गरेका प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बरबहादुर बमले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई वटा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार प्रमुख सचिवको संयोजक रहनेगरि गठन गरिने लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समितिमा प्रदेश सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना बाहेक तीन वटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान) सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य रहनेछन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यस्तै, सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समितिमा पनि प्रमुख सचिव संयोजक रहनेछन्। आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचि, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, तीन वटै (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान) सुरक्षा निकायका प्रदेश प्रमुख सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

सरकारले सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजिकरण समितिले राजश्व अभिवृद्धी, भन्सार चेकजाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण र रोजगारीका सिलसिलामा भारत जाने नेपाली नागरिकहरुको अभिलेख व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहज हुने विश्वास गरेको छ। दुवै समितिलाई कार्यविवरण र कार्ययोजना तयार गरेर कार्यान्वयन गर्न समेत सरकारले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?