
५ वैशाख, काठमाडौं । बतास एमएडब्लू कमर्सियल भेहिकल्सले आफ्ना प्रमुख ग्राहकलाई १२ युनिट ‘मेजेस्टिक बाई भोल्भो आइसर १२ मिटर च्यासिस’ हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार ती बस मुन एयरबस, देवराज ट्राभल्स र टाइम ट्राभल्सलाई हस्तान्तरण गरिएको हो । ती तीनवटै कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्रालिका सदस्य हुन् । गाडी हस्तान्तरण कार्यक्रममा यातायात व्यवसायी, साझेदार, एमएडब्लू कमर्सियलका प्रतिनिधि लगायत उपस्थित थिए ।
कम्पनीका अनुसार मेजेस्टिक१२ मिटर भोल्भो आइचरको अत्याधुनिक इन्जिनियरिङ तथा विश्वसनीयता प्रतिको प्रतिबद्धता सहित निर्माण गरिएको च्यासिसहो, जसले प्रिमियम बस सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिमा पश्चिमाञ्चल नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल थिए भने मोहन पीसी, नारायणप्रसाद भण्डारी, देवराज खनाल लगायत प्रालिका सदस्य उपस्थित थिए ।
गाडीको चाबी एमएडब्लू इन्टरप्राइजेज प्रालिका उपाध्यक्ष हेमन्त पुराणिकले गरेका थिए । ‘मेजेस्टिक नेपालमा सबैभन्दा छिटो बढ्दो हेभी कमर्सियल बस ब्रान्ड हो, यसको उत्कृष्ट गुणस्तर र सबैभन्दा राम्रो माइलेजका कारण यसको माग बढिरहेको हो,’ उपाध्यक्ष पुराणिकले भने ।
पञ्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष खरेलले भोल्भो बसको मजबुत च्यासिस, कम्पनी फिट गरिएको एसी कम्प्रेसर, जीवनभरि लुब्रिकेट हुने प्रोपेलर स्याफ्टजस्ता अत्याधुनिक सुविधाबाट प्रभावित भएको बताए । ‘मेजेस्टिकले हाम्रा लागि दीर्घकालीन लगानी फिर्ता र विश्वासको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास छ,’ उनले भने ।
कार्यक्रममा बतास एमएडब्लू कमर्सियल भेहिकल्सका बिक्री प्रमुख रघु पौडेल र एचसीबी म्यानेजर सन्तोष थापा पनि उपस्थित थिए । १ सयभन्दा बढी यातायात व्यवसायी र साझेदार उपस्थित कार्यक्रममा थप ११ वटा गाडी बुकिङ समेत भएको थियो।
मेजेस्टिक १२ मिटर च्यासिसका विशेषता
मेजेस्टिक १२ मिटर च्यासिसमा शक्तिशाली १९२एचपी इन्जिन, ७१५एनएम टर्क (उच्च पुलिङ क्षमताका लागि), ४२५ लिटरको ठूलो फ्युल ट्यांक (लामो दुरीमा निरन्तर यात्रा), कम्पनी फिट एसी कम्प्रेसर (एसी कोचबडीका लागि तयार), जीवनभरि लुब्रिकेट हुने प्रोपेलर स्याफ्ट (कम मर्मत खर्च), ६० हजार किलोमिटरको सर्भिस इन्टरभल, उत्कृष्ट माइलेज, हलुका तर मजबुत डोमेक्स च्यासिस, ठूलो क्लच (सहज सञ्चालनका लागि), नेपालका लागि उत्कृष्ट बिक्रीपछिको सेवा फ्रन्ट वेभेलर सस्पेन्सन (पहाडी सडक, तीखा मोड तथा खाल्डाखुल्डीका लागि उपयुक्त) लगायत विशेषता छन् ।
प्रतिक्रिया 4