+
+
Shares

कैलालीमा बस र माइक्रोबस ठोक्किदा १० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १९:३३

५ वैशाख, धनगढी। कैलालीमा बस र माइक्रो बस एकआपसमा ठोक्किदा भएको दुर्घटनामा १० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शुक्रबार साँझ सुपप्र०१-००१ ख ३१९७ बस र कर्णाली प्रदेश ०२-००१ ज ०६३९ नम्बरकाे माइक्रो बस एकआपसमा ठोक्किएका हुन् ।

चालकसहित दुर्घटनामा ८ जना महिला र एक पुरूष गरेर १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माईक्रो बस चालक गोदावरी नगरपालिका-२ तेघरी बस्ने २३ वर्षीय भुवन बहादुर महरा गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य ९ जना घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक गोदावरी नगरपालिका-१२ गेटा बस्ने ३६ वर्षीय जितु चौधरी फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?