+
+
Shares

दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १९:४८

५ वैशाख, काठमाडौं । दाङको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।

कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य छ ।

अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?