+

नेकोस अन्तर्राष्ट्रिय जुडोमा पाम लगातार सातौंपटक च्याम्पियन

२०८२ वैशाख  ५ गते २०:२१ २०८२ वैशाख ५ गते २०:२१
नेकोस अन्तर्राष्ट्रिय जुडोमा पाम लगातार सातौंपटक च्याम्पियन

५ बैशाख, काठमाडौं । बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । पामले विगतका ६ संस्करणको पनि उपाधि पनि जितेको थियो ।

२२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण थप्यो ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) दोश्रो भयो । एमएमएसीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य हात पा¥यो । तेश्रो स्थानको भुटानले २ स्वर्ण, ३ रजत र २ कांस्य प्राप्त ग¥यो । बाँके र एपीएफले समान २–२ तथा दाङ र रुसले समान १–१ स्वर्ण जिते । पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित भए ।

खुशिबुँस्थित एमएमएसीको हलमा भएको प्रतियोगिताअन्तर्गत पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समलले पामलाई स्वर्ण दिलाए । पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनिता नेपाली, ३२ केजीमुनि शशिकला थापा मगर र ४८ केजीमुनि रमा समलले स्वर्ण जिते ।

एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्था नापितले महिला ५७ केजीमुनि पहिलो स्थान हात पारे । भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण चुमे । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण प्राप्त गरे । एपीएफका विशेष विकले पुरुष ६६ केजीमुनि तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनि शीर्ष स्थान हात पारे । त्यस्तै पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण हात पारे ।्

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आयोजकका अनुसार दुईदिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २१ वर्षमुनिका २ सय ८ खेलाडी सहभागी थिए ।
समापनका अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टिमलाई ५ थानका दरले गि प्रदान गरिएको थियो । करिब ४ लाख रुपैयाँ बराबरको गि प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

नेकोस अन्तर्राष्ट्रिय जुडो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय