५ बैशाख, काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
टोखा नगरपालिकास्थित स्केटर्स नेपाल स्केटपार्क, टोखामा सुरु भएको प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन छनोट चरणको खेल भएको र दोस्रो दिन शनिवार अन्तिम चरणको खेल हुने आयोजक नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।
यो प्रतियोगिता सन् २०२५ मा दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहेको संघका अध्यक्ष खनालले जानकारी दिए ।
जारी प्रतियोगितामा फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धाका खेल भएका हुन् । शीर्ष ३ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया 4