+
+
Shares

ऐतिहासिक सम्पदा अध्ययन गर्न इटालियन विज्ञको टोली नेपालमा

पनौतिलाई विश्व सम्पदामा समावेश गर्न एसर नेपालका प्रतिनिधिले प्राज्ञिक क्षेत्रमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते २०:४७

५ वैशाख, काठमाडौ। हेरिटेज ईन्टरनेशनल ईन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा.जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा.टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौं उपत्यकासँगै पनौतिको भ्रमण गरेका छन् ।

ऐतिहासिक तथा सम्पदा क्षेत्रको निरिक्षण गर्दै इटालिन विज्ञहरु यहाँको सांस्कृतिक सम्पदाबाट दंग र प्रभावित भएका बताएका छन् । उनीहरु विभिन्न प्रमुख तीन कार्यक्रममा सहभागी भए ।

पहिलो दिन पनौतिमा भएको अन्तरक्रियामा नगरपालिका प्रमुख रामशरण भण्डारीले आफ्नो क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गर्ने प्रयास भइरहेको बताए । पनौतिलाई विश्व सम्पदामा समावेश गर्न एसर नेपालका प्रतिनिधिले प्राज्ञिक क्षेत्रमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

दोस्रो दिन इटालियन टोलीले राष्ट्रिय संग्रहालय छाउनीसँग सहकार्य गर्ने प्रतिबद्धता गरेको छ । दुवै संस्थाको सहकार्यमा संग्रहालयमा दृष्टिविहिनका अवलोकन योग्य बनाउन सहकार्य गर्ने छलफल भएको थियो ।

संग्रहालयमा राखिएका काप्सनलाई इटालियन, नेपाली र अंग्रेजी भाषाका ब्रेल लिपिमा सूचीकरण गर्ने र दृष्टिविहिनले स्पर्श गरेर सम्वन्धि सामग्रीको जानकारीप्राप्त गर्न डेमो बनाउने पक्षमा छलफल भयो ।

तेस्रो दिन त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रिय विभाग र नाथमको सहकार्यमा अन्तर्राष्ट्रिय कन्फरेन्स आयोजनामा इटालीको टोलीबाट डा.फलाभिया ओर्साती, प्रो. जिआनलुका फिरिन्चिलुची र डा. जिओर्गिओ मारिनेलीले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । प्रा.डा.त्रिरत्न मानन्धर र डा. सुरेशसरश श्रेष्ठले नेपालबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्रि.वि. मानविकी संकायका डीन प्रा.डा. दुविनन्द ढकाल, प्रा.डा. पेशल दाहाल, सौभागय प्रधानाङ्ग, विभागिय प्रमुख डा.महेश आचार्यले आ–आफ्नो मन्तब्य राखेका थिए । सम्पदासम्बन्धी कन्फरेन्समा ५ वटा इटाली र ३ वटा नेपालबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।

यसैबिच, हेरिटेज इन्टरनेशनल इन्स्टिच्युटले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयसँगको निकट भविष्यमा पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न आधिकारिक नामांकन बोसियर तयार गर्न सक्रिय रूपमा सहयोग गर्ने जनाएको छ ।

पनौतीको असाधारण सांस्कृतिक र ऐतिहासिक महत्वलाई आगामि सेप्टेम्बरमा कामलाई अगाडि बढाउन थप मिसन सञ्चालन गर्ने योजना घोषणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?