५ बैशाख, काठमाडौ । नेपाल र बंगलादेशको महिला कबड्डी टिमबीच अन्तर्राष्ट्रिय महिला कबड्डी टेष्ट श्रृंखला हुने भएको छ ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा नेपाल र बंगलादेशबीच ६ खेलको टेष्ट श्रृंखला हुने भएको हो ।
कबड्डी श्रृंखला यही बैशाख ७ देखि १२ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो कभर्डहलमा हुने संघले जनाएको छ ।
बंगलादेशी टोली ६ गते शनिवार नेपाल आइपुग्नेछ भने आइतबारदेखि खेल सुरु हुनेछ ।
बैशाख ७, ८, ९, ११ र १२ गते खेल हुनेछ ।
नेपाली महिला टोलीले १९औं एसियाली खेलकुद र छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो ।
प्रतिक्रिया 4