५ बैशाख, काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले चीनका खेलाडीलाई नकआउट हानेका छन् ।
ब्रेभ कम्ब्याट फेडेरेसनको आयोजना चीनको झेंग्झुउ शहरमा भएको फाइटमा रविन्द्रले चिनियाँ खेलाडी एकियुबुलाई पराजित गरेका हुन् ।
बान्टमवेट बाउट रविन्द्रले विपक्षीमाथि एकपक्षिय प्रदर्शन टेक्निकल नकआउट गरेका हुन् ।
एकपक्षीय प्रदर्शन गर्दै पहिलो राउन्डमै जित दर्ता गरे ।
रवीन्द्रले विपक्षीमाथि लगातार मुक्का बर्साएपछि चिनिया खेलाडी दुई मिनेट पनि रिङमा टिक्न सकेनन् । रविन्दरले १ मिनेट ५५ सेकेण्डमै जित हात पारे ।
रविन्द्र ब्रेभ कम्ब्याटमा जित निकाल्ने पहिलो नेपाली मिक्स मार्सल आर्ट्स खेलाडी बनेका छन् ।
रविन्द्रले यसअघि सन् २०२३ मा थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्समा रुसका तोरेप्च्ची डोंगाकलाई पराजित गरेका थिए ।
रविन्द्रले प्रोफेसनल फाइटमा अहिलेसम्म ९ मध्ये ८ फाइट जितेका छन् ।
फाइल फोटो
प्रतिक्रिया 4