+

मूलपानीमा बिहानैदेखि वर्षा, नेपालको खेल प्रभावित

२०८२ वैशाख  ६ गते ८:३३ २०८२ वैशाख ६ गते ८:३३
मूलपानीमा बिहानैदेखि वर्षा, नेपालको खेल प्रभावित

६ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल हुँदै छ । खेल विहान साढे ९ बजेदेखि हुने तय छ तर वर्षाले प्रभावित भएको छ ।

मूलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले टस र खेल समयमा सुरु हुन सकेको छैन ।

अहिले वर्षाको मात्रा केही कम भएको छ भने दिउँसो पनि वर्षाको सम्भावना छ । पहिलो दिनको खेलमा पनि भिजेको मैदानका कारण खेल ढिला सुरु भएको थियो ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेका छन् । नेट रनरेटमा अफगानिस्तान अगाडि छ ।

आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।

नेपाली यू-१९ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय