+
+
Shares

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन रहन्छ : हरिबोल गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १४:५७

६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताए ।

कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गरे आफ्नो पार्टीले समर्थन गर्ने पनि उनले बताए । तर, सरकारमा भने सहभागी नहुने उनको भनाइ थियो ।

‘जनताको चाहना यो सरकारको परिवर्तन पनि हो, संगै ०८४ सम्म सरकारमा जानु हुँदैन भन्ने जनधारणा पनि छ,’ गजुरेलले भने ।

देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा रहेको र यसो हुनुमा केपी ओली प्रवृत्ति जिम्मेवार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?