+

विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने– सपना थियो, भाग्यले साथ दिएन

२०८२ वैशाख  ६ गते १५:१५ २०८२ वैशाख ६ गते १५:१५
विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने– सपना थियो, भाग्यले साथ दिएन

६ वैशाख, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँगको निर्णायक खेल रद्द भएपछि विश्वकप छनोट हुने सपना रहेको तर भाग्यले साथ नदिँदा पूरा हुन नसकेको बताएका छन् ।

शनिबार खेल रद्द भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शक्तिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर भाग्यले साथ नदिँदा राम्रो नतिजाका साथ फिनिस हुन सकेन,’ उनले भने, ‘जीवन यस्तै हो, कहिले सुख हुन्छ कहिले दुःख, अब यसबाट अगाडि बढेर आगामी दिनमा अझै राम्रो गर्नुपर्छ ।’

त्यस्तै शक्तिले अफगानिस्तानसँगको खेलमा उच्च मनोबलका साथ खेलेर जित निकाल्ने लक्ष्य लिएको पनि उल्लेख गरे ।

‘यसअघि भएको शृंखलामा राम्रो कमब्याक गरेको थियौं, हराउन सक्छौं भन्ने थियो,’ उनले भने, ‘बिहान पानी परेर रोकिएपछि पनि खेल भएमा खेलेर जित्छौं भन्ने थियो ।’

यता कप्तान नरेन भट्टले पनि राम्रो प्रदर्शनका बाबजुद भाग्यले साथ नदिँदा छनोट हुन नपाएकोमा दुःख लागेको बताए ।

‘राम्रो खेलिरहेका थियौं, सबै फर्ममा थिए अनि मनोबल पनि उच्च थियो,’ उनले भने, ‘पानी पर्ला भन्ने बारेमा त्यति ध्यान दिएका थिएनौं, खेलेर जित्ने नै लक्ष्य थियो तर पूरा हुन सकेन ।’

शक्ति गौचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय