+
+
Shares

मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु

रासस रासस
२०८२ वैशाख ६ गते १७:४६

६ वैशाख, त्रिवेणी (रुकुम–पश्चिम) । रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो ।

शनिबार दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?