६ वैशाख, काठमाडौं । नुवाकोटमा अर्को साता बागमती बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा वैशाख १३ गते देखि १५ गते सम्म शनिबार पत्रकार सम्मेलन जानकारी दिइयो ।
प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स, भेट्रान्स ४० वर्ष माथि मेन्स डबल्स ( जिल्ला), मेन्स डबल्समा जिल्ला बाहिर यु १५ गल्र्स, ब्वाइज र मिक्स डबल्स ३५ वर्षमाथिमा प्रतिस्पर्धा हुनेछ ।
बागमती प्रदेश खेलकुद परिषद् मुख्य मुख्य संरक्षक, बिदुर नगरपालिका संरक्षक रहने प्रतियोगिता नेपाल ब्याडमिन्टन सघंको प्राविधिक सहयोग रहनेछ ।
नुवाकोट जिल्ला ब्याडमिन्टन सघं सह आयोजक रहने प्रतियोगितामा कोलोनी ब्याडमिन्टन ग्रुप सहयोगीका रुपमा रहनेछ ।
प्रतिक्रिया 4