+
+
Shares

राप्रपाको प्रदर्शनका कारण शिक्षकको आन्दोलन बिहानलाई सारियो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते २०:५५

६ वैशाख, काठमाडौं । शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ । यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो ।

आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।

‘भोलिको परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं,’ पराजुलीले अनलाइनखबरसँग भनिन्, ‘९ देखि १२ सम्म आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’

शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले आन्दोलन जारी राखेका छन् ।

यसैबीच राप्रपाले पनि भोलि दिउँसो १२ बजेदेखि बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । राप्रपाले पार्टी बैठकबाटै निर्णय गराएर निषेधित क्षेत्र तोड्नेगरी उपस्थित हुने जनाएको छ ।

उता, गृहले भने निषेधित क्षेत्र तोड्नेगरी कुनै क्रियाकलाप भए कारबाही गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?