+
+
Shares

रुसी राष्ट्रपति पुटिनले गरे युद्धविराम घोषणा, पालना हुनेमा युक्रेनको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ५:५६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

७ वैशाख, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध केही घण्टा रोक्ने घोषणा गरेका छन् । उनले इष्टर पर्वका लागि युद्धविराम घोषणा गरेका हुन् ।

पुटिनले युद्धविराम अवधिभर युक्रेनमा सबै प्रकारका सैन्य कारबाही रोक्न आदेश दिएको बीबीसीले जनाएको छ । पुटिनले युक्रेनले पनि युद्धविराम गर्ने विश्वास व्यक्त गरेका छन्।

एक भिडियो सन्देशमार्फत् पुटिनले यदि उक्साहट भएमा वा युद्धविराम उल्लंघन भएमा रुसी सेना जवाफी कारबाहीका लागि तयार हुने चेतावनी दिएका छन् ।

रुसी सेनाले एक विज्ञप्ति जारी गर्दै शनिबार,साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म (नेपाली समय अनुसार शनिबार साँझ ८ बजेर ४५ मिनेटदेखि सोमबार बिहान २ ४५ बजेसम्म)सबै सैन्य अभियान रोकिने जनाएको छ ।

युक्रेनको प्रतिक्रिया 

रुसले युद्धविराम घोषणामा मात्रै सीमित हुने आशंका गरेका छन् । उनका अनुसार युद्धविराम घोषणा पछि पनि युक्रेनको आकाशमा स्थानीय समय अनुसार साँझ सवा ५ बजेतिर रूसी ड्रोनहरु उडिरहेको देखिएको छ ।

उनले यसलाई रुसी ड्रोनले इस्टर र मानव जीवनप्रति पुटिनको असली रवैया देखाइरहेको उनको भनाइ छ ।

‘मलाई कमाण्डर इन चिफ अलेक्जेण्डर सिर्स्कीबाट एक रिपोर्ट प्राप्त भएको छ कि आज रुसी सैनिकले कुर्स्क क्षेत्रमा आफ्ना गतिविधि जारी राखे र बेलगोरोद क्षेत्रमा हाम्रा सैनिक अगाडि बढेर नियन्त्रण क्षेत्र बिस्तार गरिरहेका छन् ।

यसलाई पुटिनले मानव जीवनसँग खेल्ने पुटिनको एक अर्को परयास,भनेर टिप्पणी गरेका छन् र पुरै युक्रेनमा हवाई हमलाको चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?