+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३८ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ८:१३

७ वैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३८ प्रतिशत बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ थियो ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १२.८० रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १७.७४ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य घटे पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ प्रतिशत घटेको छ ।

त्यस्तै लोन प्रोभिजन ३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब १९ करोडमा झरेको छ । यहीं कारण नाफा बढेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ । बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.६६ बाट बढेर ६.०६ प्रतिशत पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ रहेको छ । आधार दर पहिले ८.३२ प्रतिशत रहेकोमा अहिले ५.९९ प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?