+

ला लिगा : बार्सिलोनाको सानदार पुनरागमन जित

२०८२ वैशाख  ७ गते ८:२२ २०८२ वैशाख ७ गते ८:२२
ला लिगा : बार्सिलोनाको सानदार पुनरागमन जित

७ वैशाख, काठमाडौं । राफिन्नाले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टा भिगोमाथि सानदार पुनरागमन जित हात पारेको छ ।

राफिन्हाको दुई गोल मद्दतमा बार्सिलोनाले सेल्टालाई ४-३ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ७ अंकको अग्रता बनाएको छ ।

३-१ ले पछि परेको अवस्थामा बार्सिलोनाले गज्जबको पुनरागमन गरेको हो । बोया इग्लेसिसले ह्याट्रिक गरेपनि सेल्टालाई जित दिलाउन पर्याप्त भएन ।

खेलमा अग्रता भने बार्सिलोनाले नै लिएको थियो । फेरान टोरेसले १२औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, इग्लेसिसले त्यसको तीन मिनेटपछि नै सेल्टाका लागि बराबरी गोल फर्काए । उनले दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए ।

इग्लेसिसले ५२औं र ६२औं मिनेटमा गोल गर्दै सेल्टालाई ३-१ को अग्रतासहित जित नजिक पुर्‍याएका थिए । तर, सेल्टाले अग्रता कायम राख्न सकेन । डानी ओल्मोले ६४औं मिनेटमै गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसपछि राफिन्हाले ६८औं मिनेटमा गोल गर्दा बार्सिलोनाले खेल ३-३ को बराबरीमा पुर्‍यायो ।

इन्जुरी टाइममा भिएआरको सहयोगमा बार्सिलोनाले पेनाल्टी पायो । सेल्टाका योएल लागोले डानी ओल्मोलाई फल गरेपछि बार्सिलोनले पेनाल्टी अवसर पाएको थियो ।

राफिन्हाले नै इन्जुरी टाइमको आठौं मिनेटमा पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

जितपछि बार्सिलोनाको ३२ खेलबाट ७३ अंक भएको छ । एक खेल कम खेलेको रियलको ६६ अंक छ ।

तेस्रो स्थानको एट्लेटिको मड्रिड लस पलसमसँग १-० ले पराजित हुँदा रियलसँग अंकदूरी कम पार्ने अवसर गुमाएको छ । लस पल्मसको जितमा जाभी मुनोजले एक मात्र गोल गरे ।

हारपछि ३२ खेलबाट एट्लेटिकोको ६३ अंक छ । यसको फाइदा बार्सिलोनालाई समेत मिलेको छ ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय