+
+
Shares

एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ८:२६

७ वैशाख, काठमाडौं । एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १६.२७ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १७.२३ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ४९ करोड रुपैयाँ छ ।

लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम पहिले ८० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २९ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८६ बाट बढेर ४.४७ प्रतिशत पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ । आधार दर पहिले ९.१५ प्रतिशत रहेकोमा अहिले ६.४९ प्रतिशत छ । वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?