+
+
Shares

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, ९९.७ प्रतिशतको हात रित्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते ९:५५

७ वैशाख, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको छ । सो एफपीओ ५ हजार १२९ जनाले पाएका छन् ।

तीमध्ये २ जनाले ११ कित्ताका दरले पाएका छन्, एक जनाले १०.५० कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको थियो । १९ लाख १५ हजार ८१० जनाको हात रित्तो भएको छ । कुल स्वीकृत आवेदकमध्ये ९९. ७ प्रतिशतको हात्त रित्तो भएको हो ।

यसको नतिजा केहीबेरमा सीडीएससीको वेबसाइट मा हेर्न सकिनेछ ।

सर्वसाधारणको सेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?