+
+
Shares

ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरु)

नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।

शंकर गिरी शंकर गिरी
२०८२ वैशाख ७ गते १०:५३
नयाँबानेश्वर चोकको दृष्य

७ वैशाख, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । शिक्षक तथा कर्मचारीहरुले कार्यालय समयमा गरेको प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

शिक्षक कर्मचारीहरु बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् । त्यसैले प्रहरीले माइतीघरबाट–बबरमहल–नयाँबानेश्वरतर्फ जान सवारी साधनलाई रोक लगाएको छ ।

नयाँबानेश्वर चोकबाट पनि बबरमहलतर्फ जान सवारी साधनलाई रोक लगाइएको छ । त्यसतर्फ जाने सवारी साधनहरुलाई संसद भवन पश्चिम गेट हुँदै थापागाउँतर्फ पठाइएको छ । यसैगरी शंखमुल र नयाँबानेश्वरतर्फ पनि सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

मुख्य सडकबाट सवारी साधनलाई डाइभर्सन गरिएपछि साँघुरा र भित्री सडकहरुमा गाडीहरुको चाप छ । त्यसैले ठाउँ–ठाउँमा ट्राफिक जामको समस्या छ ।

नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?