+
+
Shares

‘केशरी २’को कमाइले अक्षय कुमारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १२:०७

काठमाडौं । पछिल्लो फिल्म ‘केशरी २’को कमाइले बलिउड अभिनेता अक्षय कुमारलाई राहत मिलेको छ । फिल्मले प्रदर्शनको २ दिनसम्म भारतभर १७.२५ करोड भारु कमाएको छ ।

‘केशरी च्याप्टर २ : द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ नामक यो कोर्टरुम ड्रामा फिल्मले ७.७५ करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ९.५० करोड भारु कमायो ।

फिल्ममा अक्षयसहित आर माधवन र अनन्या पाण्डेको शीर्ष भूमिका छ । लगातार फिल्म फ्लप भैरहेको बेला अक्षयलाई यो फिल्मको कमाइले राहत दिएको छ । तर, सन् २०१९ मा रिलिज भएको भन्दा यो फिल्मको कमाइ न्यून हो ।

फिल्मले पहिलो सप्ताहन्त ३० करोड भारु कमाउन सक्ने प्रक्षेपण भारतीय फिल्मको विश्लेषण गर्ने एजेन्सी स्याकनिल्कले जनाएको छ । पछिल्लो समय सुस्त कमाइ गरिरहेको बलिउड र एकपछि अर्कोगरि लगातार असफल फिल्म दिइरहेका अक्षयलाई यो फिल्मले ढाडस दिएको देखिन्छ ।

यो फिल्म अझै लामो जाने देखिन्छ किनभने यसको ‘वर्ड अफ माउथ’ भारतमा सकारात्मक छ । भारतीय राष्ट्रवादको कथा समेटिएको यो फिल्मले नेपालमा भने पहिलो सप्ताहन्त न्यून कमाइ गरेको छ ।

भारतीय बक्सअफिसमा अक्षयको केशरी २ लाई सनी देओलको ‘जाट’ले चुनौति दिइरहेको छ । दोस्रो सप्ताहन्तमा कमाइमा गिरावट आएपनि ‘जाट’ले १० दिनसम्म ७० करोड हाराहारीमा कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?