+
+
Shares

बानेश्वर–माइतीघर सडकको प्रदर्शनले करिडोर अस्तव्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १३:४७

७ वैशाख, काठमाडौं । काठमाडौंको माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाईभर्सन गर्दा करिडो क्षेत्र पनि अस्तव्यस्त बनेको छ ।

महानगर प्रहरीका अनुसार अहिले अहिले प्रहरीले मुख्य सडकबाट सवारी डाइभर्सन गरिएको छ ।

बानेश्वर बिजुलीबजार भएर चल्ने सवारी साधनलाई सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाइभर्सन गरिएको छ ।

सवारी साधनको संख्या बढ्नुका साथै डाइभर्सनका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानोबानेश्वर, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माईतिघर, थापाथली त्रिपुरेश्वर र कुपण्डोल हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।

क्यू रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

यसबाहेक अन्य मुख्य– मुख्य चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?