
७ वैशाख, काठमाडौं । प्रहरीले राजेन्द्र लिङ्देन सहितका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूलाई सिंहदरबारभित्रै रोक्ने प्रयास गरेको छ ।
यद्यपि केहीबेरमै उनीहरू सिंहदरबारबाट बिजुलीबजारतर्फ निस्किएका छन् ।
अब उनीहरू प्रदर्शनमा सहभागी हुन जाँदैछन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा भेला भएर केही नेताहरू बबरमहलस्थित आन्दोलनमा सरिक हुने तयारीमा थिए ।
तर, प्रहरीले उनीहरूलाई सिंहदरबारभित्रै केहीबेर रोक्ने प्रयास गरेको राप्रपाका नेताहरू बताउँछन् ।
राप्रपा अध्यक्ष लिङ्देन भने प्रहरीको अस्वभाविक उपस्थितिबारे टिप्पणी नगर्ने बताउँछन् ।
‘अस्वभाविक रुपमा प्रहरीको उपस्थिति भयो हामीले याद गरिरहेका छौं । हामीले टिप्पणी गर्दैनौं,’ उनले भने ।
आफूहरूको आजको आन्दोलन प्रतिकात्मक भएको उनले बताए ।
राप्रपा संसदीय दलका नेता लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दिपकबहादुर सिंह र बिना जैसवाल सिंहदरबारस्थित कार्यालयमा छन् ।
प्रतिक्रिया 4