+
+
Shares

सिंहदरबारबाट फुत्किएर प्रदर्शनस्थल पुगे राप्रपा सांसद सिंह

सिंहदरबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १४:२८

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगेका छन् ।

सिंहदरबारमा केहीबेर अघि अध्यक्ष राजेन्द्र लिङ्देन सहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यतिबेला सांसद सिंह पनि त्यहीं थिए ।

यद्यपि उनी प्रहरी नियन्त्रणमा नपरी अहिले प्रदर्शनस्थलमा पुगेका छन् ।

पक्राउ पर्नुअघि राप्रपा सांसदहरू संसदीय दलको कार्यालयमा रोकिएका थिए । त्यतिबेला अस्वाभाविक रुपमा प्रहरी परिचालन गरिएको भन्दै अध्यक्ष लिङ्देनले आपत्ति समेत जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?