+

बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगितामा मनुकला र सुजित सर्वोत्कृष्ट

२०८२ वैशाख  ७ गते १४:३४ २०८२ वैशाख ७ गते १४:३४
बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगितामा मनुकला र सुजित सर्वोत्कृष्ट

७ वैशाख, काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजनामा भएको बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगितामा मनुकला राई र सुजित अवाले सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दुई दिने प्रतियोगितामा र मनुकला महिलातर्फ र सुजित पुरुषतर्फ ओभरअल च्याम्पियन बनेको आयोजक संघका अध्यक्ष विजय देउलाले जानकारी दिए । दुवैले नगद १ लाख प्राप्त गरे ।

प्रतियोगितामा महिलातर्फ टिपीएफसीका मनुकला राईले ४३५.५ किलोग्राम कुल लिफ्ट र ८२.६९ जिएल स्कोरसहित ओभरअल उपाधि जितेकी हुन् । यस्तै पुरुषतर्फ आरओसी फिटनेस क्लबका सुजित अवालेले ७४२.५ किलोग्राम लिफ्ट गर्दै ९३.९३ जिएल स्कोर प्राप्त गरी ओभरअल विजेता बने । सुजितले स्क्वाटमा ३०० केजी, बेन्च प्रेसमा १५२.५ केजी र डेडलिफ्टमा २९० केजी उचालेका थिए ।

वैशाख ५ र ६ गते सञ्चालन भएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला तथा पुरुष खेलाडीहरूबीच विभिन्न उमेर समूह र तौल वर्गमा प्रतिस्पर्धा गराइएको थियो ।

जुनियरतर्फ (२३ वर्षमुनि) प्याराडाइज फिटनेस सेन्टरका आक्रित बनियाँले ६१७.५ केजी कुल लिफ्ट गरी ८५.५३ जीएल स्कोरसहित उत्कृष्ट प्रदर्शन गरे । त्यस्तै १८ वर्षमुनिका प्रतिस्पर्धीहरूमा फिटनेस मन्त्रका अंकित योञ्जनले ४४७.५ केजी कुल लिफ्ट गर्दै ६६.९८ जिएल स्कोरसहित विजेता बने ।

महिला समूहतर्फ विभिन्न तौलवर्गमा शिल्पा अग्रवाल (यू५७) ले ३१० केजी, पुनम चौधरी (यू६३) ले ३४२.५ केजी, महिमा सिंतान (यू६९) ले ३२५ केजी र अल्बिना रजथला (६९ केजीमाथी) ले ३६० केजी लिफ्ट गरे । यस्तै पुरुषतर्फ हिमाल महत (यू५९) ले ४७७.५ केजी, अनिकित शाही (यू६६) ले ५४२.५ केजी, रुनेश श्रेष्ठ (यू७४) ले ५५७.५ केजी, विजय प्रजापति (यू८३) ले ६२५ केजी र प्रसिद्ध शाक्य (८३ केजीमाथी) ले ६९२.५ केजी लिफ्ट गर्दै आफ्नो वर्गमा उत्कृष्ट स्थान हासिल गरे ।

प्रतियोगितामा देशभरिका प्रतिष्ठित फिटनेस क्लबहरू लायन्स जिम, अग्नी पिटनेस, प्याराडाइज फिटनेस सेन्टर, स्विट एण्ड साइन, आरओसी फिटनेस, जिम गो फिट लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिताले नेपाली पावरलिफ्टिङ खेलको स्तर, सम्भावना र राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विस्तार गर्ने दिशामा ठोस पुगेको नेपाल पावरलिफ्टिङ सङ्घका अध्यक्ष भुसालले विश्वास व्यक्त गरे । उनले प्रतियोगिता मार्फत स्थानीय स्तरमै उत्कृष्ट खेलाडी उत्पादन गर्न र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुर्‍याउने बताए ।

प्रतियोगिताको समन्वय विजय देउलाले गरेका थिए भने मुख्य निर्णायकमा बुद्धिजंग कार्की, प्राविधिक प्रमुख उत्सव अधिकारी र वरिष्ठ निर्णायक सुखदेव कार्की रहेका थिए।

प्रतियोगिताको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशस्तरीय खेलहरू युवाहरूको अनुशासन, आत्मविश्वास र स्वास्थ्यप्रति जागरुकता बढाउने माध्यम भएको भन्दै यस्ता प्रतियोगितालाई प्रदेश सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए ।

पावरलिफ्टिङ प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय